• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

गाेरखा र तनहुँमा ५ करोडको कार्यक्रम


शनिबार, असोज २७, २०८० मा प्रकाशित

गोरखा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोरखा र तनहुँमा लागू हुनेगरी रु पाँच करोडभन्दा बढीको स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

Advertisement

परियोजनाले चालु आर्थिक वर्ष २०८०/८१ अन्तर्गत स्वीकृत भएर आएको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो। दुई जिल्लाका लागि परियोजनाअन्तर्गत चालु आवमा पुँजीगत तथा चालु खर्चका लागि रु पाँच करोड पाँच लाख रकम प्राप्त भएको कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले बताए।

परियोजनाअन्तर्गत नयाँ सिँचाइका पूर्वाधार निर्माण गर्न र गत आवमा विस्तार भएका अधुरा सिँचाइ पूर्वाधार निर्माणका लागि रु ९१ लाख प्राप्त भएको उनले बताए। “बगैँचा सुदृढीकरण कार्यक्रमका लागि यस वर्ष रु २४ लाख विनियोजन भएर आएको छ”, प्रमुख ढुङ्गानाले भने, “रु ४० लाख जोन क्षेत्रमा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरणमा सहयोगका लागि रकम प्राप्त भएको छ।”

सुन्तला जातका फलफूल बगैँचामा खाद्यतत्व, सुस्मतत्व व्यवस्थापन तथा प्रदर्शनीका लागि रु तीन लाख ५० हजार र चक्लाबन्दीमा पकेट, ब्लक, जोन सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा कार्यान्वयन सहयोगका लागि रु ६० लाख विनियोजन गरिएको उनले बताए।

त्यस्तै परियोजनाअन्तर्गत चालु आवमा पुराना चक्लाबन्दी कार्यक्रमको निरन्तरता तथा व्यवस्थापन सहयोगमा रु नौ लाख बराबरको कार्यक्रम छ। “यस वर्ष सुन्तला जातका फलफूलको नमुना बगैँचा स्थापना कार्यक्रमका लागि रु २१ लाख बजेट विनियोजन भएको छ”, प्रमुख ढुङ्गानाले भने, “प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रम सञ्चालन अनुदानमा रु ११ लाख २८ हजार प्राप्त भएको छ।”

परियोजनाले चालु आवमा रु चार लाख १३ हजारको क्षेत्र विस्तार हुने स्थानको माटो परीक्षण सेवा तथा आकस्मिक बाली संरक्षण कार्यक्रम पनि सञ्चालन गर्नेछ। त्यस्तै तरकारी क्षेत्र विस्तार तथा नवीनतम् उन्नत प्रविधि प्रदर्शनका लागि रु सात लाख ५२ हजार, आलु जातीय उत्पादन प्रदर्शनी कार्यक्रमका लागि रु आठ लाख, अनुदानमा पिबिएस/उन्नत आलुको बीउ वितरणका लागि रु तीन लाख ९२ हजार, धानको बीउ वृद्धि कार्यक्रम/स्वदेशी हाइब्रिड धान प्रदर्शनका लागि रु छ लाख ४० हजार र धान बालीमा नविन प्रविधि प्रदर्शनका लागि रु आठ लाख ८५ हजार विनियोजन भएर आएको उनले जानकारी दिए।

परियोजनाबाट यस वर्ष स्थानीय तहसँगको समन्वयमा नर्सरी स्रोतकेन्द्र स्थापना/सुदृढीकरणका गर्नका लागि रु छ लाख, अनुदानमा तरकारीको ‘हाइब्रिड’ जातको बीउ वितरणका लागि रु चार लाख, फलफूलका निजी नर्सरी सुदृढीकरणका लागि रु १० लाख र जोन/सुपरजोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार (सुन्तला) का लागि रु १३ लाख ५० हजार विनियोजन गरिएको प्रमुख ढुङ्गानाले बताए।

शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.