• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हिमोफिलिया रोगको स्वदेशमै उपचार


    Avatar photo
शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

काठमाडौं- सिभिल अस्पतालका रगत रोग विशेषज्ञ डा. विशेष शर्मा पौडेलले हिमोफिलिया रोग वंशाणुगत रोगसँग सम्बन्धित रहेको बताएका छन्। उनले भने, ‘यो रोग नितान्त वंशाणुगत हो। यो पुरुषमा हुने रोग भनिन्थ्यो, अहिले महिलामा पनि देखिएको छ।’

Advertisement

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित अन्तरक्रियामा उनले नेपालमा हिमोफिलियासम्बन्धी रोगसम्बन्धी सम्पूर्ण उपचार हुने गरेको बताए। महिलाहरूलाई प्रसव पीडामा हुने पीडाजस्तै हिमोफिलियाका बिरामीलाई पीडा हुने गरेको उनको भनाइ छ। कतिपय बिरामीको त खुट्टा नै काट्नुपरेको पनि दर्दनाक अवस्था उनले उल्लेख गरे।

कतिपय विरामीले टाउकोमा रक्तश्राव भएर ज्यान गुमाउनुपरेको डा. पौडेलले बताए। हिमोफिलियाको उपचारबारे बताए, ‘फ्याक्टर ८ र फ्याक्टर ९ भन्‍ने हाम्रो शरीरमा एउटा प्रोटिन हुन्छ। त्यो प्रोटिनको कमी भएको खण्डमा रगत बगेको बग्यै गर्छ, रोकिँदैन। यसको औषधि भनेको नै फ्याक्टर ८, फ्याक्टर ९ नै हो। यसले रगत जम्ने हुन्छ। यो फ्याक्टर ८ र फ्याक्टर ९ यति महँगो छ, हामीले किन्दाखेरि यो एक युनिटको २५ रुपैयाँ पर्छ। बिरामीलाई सामान्यतया ब्लिडिङ हुँदाखेरि ५ हजार युनिटदेखि १० हजार युनिटसम्म चाहिन्छ। त्यसमा एकदमै ठूलो रकम हुन्छ। कोही कोहीलाई दिनदिनै दिनुपर्ने हुन्छ। औषधि एकदमै महँगो हुन्छ।’

उनका अनुसार नेपालजस्तो गरिब मुलुकलाई वर्ल्ड फेडेरेसन अफ हिमोफिलिया भन्‍ने संस्थाले विगत २५ वर्षदेखि डोनेसन दिइरहेको छ। त्यही सहयोगको कारण नेपालमा हिमोफिलियाका बिरामी बाँच्‍न पाएको उनको भनाइ छ। विगत दुई वर्षदेखि नेपाल सरकारले पनि औषधि किनिदिएको छ। त्यसका लागि सरकारले वार्षिक डेढ करोड रुपैयाँ विनियोजन गरेकोमा उनले धन्यवाद दिए। यसको उपचारका लागि ५ प्रतिशत सरकार र बाँकी ९५ प्रतिशत दातृ संस्थाबाट प्राप्त भइरहेको छ।

हिमोफिलियाका बिरामीहरूको सम्पूर्ण उपचार नेपालमै हुने गरेको र ठूल-ठूला शल्यक्रिया पनि गर्न थालिएको उनको भनाइ छ। सिभिल अस्पतालमा कृत्रिम घुँडा हालिदिएको उनले स्मरण गरे। उनका अनुसार काठमाडौंभित्र २-४ वटा अस्पतालमा उक्त रोगसम्बन्धी उपचार हुने गरेको छ। तर, काठमाडौंबाहिर उपचार नभएको उनको भनाइ छ। र, यस रोगको उपचार काठमाडौंबाहिर पनि लैजानुपर्ने आवश्यकता उनले औंल्याए।

वीर अस्पतालका हेमाटोलिजिस्ट डा. निरजकुमार सिंहले हिमोफिलिया रोगको उपचार महँगो रहेको बताए। नेपाल सरकारले यस रोगसम्बन्धी केही ध्यान दिए पनि सरकारको नीतिअनुसार काम नभएको उनको गुनासो छ।

उनका अनुसार हालसम्म ८ सयजना रोगीको पहिचान गर्न सकिएको छ। ‘वर्ल्ड हिमोफिलिया सोसाइटीले सहयोग नगरेको भए नेपालमा आज यो रोगका बिरामीहरू कोही पनि बाँच्‍ने थिएनन्,’ उनले भने।

नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्ष मुकुन्दमणि घिमिरेले यो रोगको पहिचान र उपचारका लागि गरेको कामको बारेमा प्रकाश पारेका थिए। हिमोफिलियाका बिरामीले महिनामा कम्तिमा ५ पटक प्रश्रव पीडा सहनुपरेको दर्दनाक अवस्था उल्लेख गरे।

उनले आफू काठमाडौंबाट जम्मा २ घण्टाको दूरीमा रहेको नुवाकोटको बासिन्दा भएको र उपचारका लागि धामी झाँक्रीको भर पर्नुपरेको विगतको पीडादायी क्षण स्मरण गराए। अहिले ८४० जना बिरामीलाई दाताको सहयोगमा उपचार गराइरहेको र यसमा नेपाल सरकारको ५ प्रतिशत मात्रै योगदान रहेको उनले बताए।

हिमोफिलियाका रोगी नवराज खड्काले सो रोगसँग लडिरहेकोबारे अनुभव साटे।

के हो हिमोफिलिया ?

हिमोफिलिया एक वंशाणुगत समस्या हो। तर, वंशाणुगत मात्र नभएर उत्परिवर्तन कारणले पनि हिमोफिलिया हुनसक्छ। दुई तिहाइ वंशाणुगतबाट हुन्छ भने एक तिहाइ उत्परिवर्तनबाट। रगत जमाउन आवश्यक तत्त्वहरू (क्लटिङ फ्याक्टर्स) को कमीको कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हिमोफिलिया हो। मानव शरीरमा रगत जमाउन रगतमा विशेष प्रकारका १३ वटा प्रोटिन फ्याक्टरहरू हुन्छन्। तीमध्ये कुनै पनि एकको कमीको कारण हिमोफिलिया हुन्छ।

हिमोफिलियाका लक्षण भनेको शरीरमा नीलडामहरू देखिने, जोर्नी तथा मांशपेशीहरू सुन्‍निने र दुख्ने हुन्छ। बच्चाको नाभी काट्दा शुरुमा रगत धेरै बग्यो भने पनि हिमोफिलियाको प्रारम्भिक लक्षण हुनसक्छ। बच्चाहरू बामे सर्दै गर्दा शरीरमा नीलडामहरू देखिनु, दाँत फेरिँदा, ठोक्किँदा, काट्दा, दिसा पिसाबमा रगत देखापर्नु वा शल्यक्रिया गर्दा धेरै समयसम्म रक्तश्राव हुनु पनि हिमोफिलियाको लक्षण हो।

हिमोफिलियाको पहिचान भने रगतको विशेष प्रकारको परीक्षण (फ्याक्टर एसई) बाट गरिन्छ। फ्याक्टर ८ को कमीको कारण हिमोफिलिया ए र फ्याक्टर ९ को कारण हिमोफिलिया बी साथै अन्य फ्याक्टरहरूको कमीको कारण पनि हिमोफिलिया हुन्छ। हालसम्म हिमोफिलियाको पहिचान काठमाडौंको केन्द्रीय प्रयोगशाला टेकु, निजामती अस्पताल मीनभवन र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मात्रै हुने गरेको छ।

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.