भैरहवा– नेकपा एकिकृत समाजवादी पार्टीको मेची-महाकाली जागरण अभियान आइतबार भैरहवा आईपुगेको छ। नेकपा एकिकृत समाजवादी पार्टीले जनता सबै पार्टीप्रति निरास भएको बेला जनताको हितमा केहि गरेर आशाको किरण ल्याउने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्।
अभियानको ८औँ दिन समाजवादी प्रेश संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले लामो समयदेखि जनताले भोगेको बेरोजगारी र देश युवाबिहिन हुनलागेको बेला यो समाजवादी जागरण अभियानले ठुलो भुमिका खेल्ने बताए। खनालले यो अभियानको मुल उदेश्य भनेको शोषण रहित समाज निमार्ण गर्नु रहेको बताए।
समाजवादी नारा र एजेण्डा लिएर नागरिकसमक्ष पुग्ने पहिलो पार्टी नेकपा एकिकृत समाजवादी रहेको महासचिव जगन्नाथ खतिवडाले बताए। उनले यो पार्टी जनताको एकताको लागि कृषि पक्ष लिएर अघि बढेको बताए।
मेचीदेखि आफ्ना एजेण्डा लिएर सुरु भएको एसकाे याे अभियान आज ८औँ दिनमा भैरहवा पुगेको हो। आइतबार र सोमबार रुपन्देहीको भैरहवा बुटवल सैनामैना लुम्बिनीमा कार्यक्रम गरी अभियान कपिलबस्तु तर्फ अघि बढ्ने छ।