• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

१०० युवालाई खुल्यो उद्यमशीलता तालिमको अवसर


    Avatar photo
बुधबार, भदौ २७, २०८० मा प्रकाशित

काठमाडौं- संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचन, २०७४ को सेरोफेरोमा खुलेको हो, ‘स्टोरी साइकल’। झट्ट सुन्दा कुनै कथावाचन गर्ने संस्थाझैं लाग्‍ने यसले युवालाई स्वरोजगार र उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ। त्यसैको पछिल्लो कडी हो, युवालाई तालिमको अवसर। ब्रिटिस काउन्सिलको कल्चर रेस्पन्ड्स कार्यक्रमअन्तर्गत ‘इन आवर ह्यान्ड्स’ (आफ्नै हातमा) को सहयोगमा तालिम सञ्‍चालन हुँदैछ। र, त्यसका लागि २९ भदौ मध्यरातसम्म आवेदन दिन सकिने छ।

Advertisement

उक्त कार्यक्रमले अनुसन्धान र विकास अनुदानका लागि आवेदन खुला गरेको छ। कला र संस्कृतिका माध्यमबाट जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने व्यावसायिक योजना भएका तालिममा सहभागी हुन सक्ने छन्, जसमध्ये छनोट भएका व्यावसायिक योजनाले अनुसन्धान र विकास अनुदान पाउने छन्।

यो कार्यक्रमले प्रकृति मैत्री सामग्रीहरूलाई बजारीकरण गर्न र नयाँ किसिमको उत्पादन कसरी गर्न सकिन्छ भनेर तालिम दिँदै आएको छ।

सन् २०२१ मा इन आवर ह्यान्ड्सले पहिलोपटक तालिमको व्यवस्था गरेको थियो। शुरुमा कार्यक्रमको नाम ‘इन्‍नोभेसन ग्रान्ड’ थियो, जसमा नेपालका विभिन्‍न स्थानका विजनेस आइडिया भएका व्यक्तिहरूले अनलाइन फर्म भरेका थिए । ‘तालिममा सहभागी ‘२५ जनामध्ये ६ जनालाई छनोट गरेका थियौं,’ स्टोरी साइकलका सह-सञ्‍चालक सौरभ ढकाल भन्छन्, ‘उहाँहरूलाई विकास अनुदानको व्यवस्था गरेका थियौं। तालिम ६ दिनको थियो।’

पहिलोपटक सञ्‍चालन गरिएको तालिममा छनोट भएका ६ जना अहिले व्यवसायी बनेका छन्। सन् २०२२ मा पनि इन आवर ह्यान्ड्सले तालिम सञ्‍चालन गरेको थियो। त्यस वर्ष ६ दिनको तालिमलाई लम्ब्याएर ६ महिना पुर्‍याइएको उनी बताउँछन्। भन्छन्, ‘६ दिन तात्तातो सिकाइले मात्र पुग्दैन। चरणबद्ध तरिकाले सिकाइयो भने यसबाट राम्रो उपलब्धी हासिल गर्न सकिन्छ भन्‍ने धारणा आएपछि तालिमको अवधि ६ दिनबाट बढाएर ६ महिना पुर्‍याएका हौं।’

‘इन आवर ह्यान्डस’को शाब्दिक अर्थले नै बुझाउँछ, सबै कुरा आफ्नै हातमा छ, अरूको मुख ताक्नै पर्दैन। अर्थात्, हातमा सीप भयो भने उद्यमशील बन्‍न सहज रहेको सन्देश यसले दिन्छ। प्रकृतिलाई सम्मान गर्न सक्ने सीप हाम्रै हातमा छ। हाम्रा पुर्खाले प्राकृतिक सीप बचाएर आफू र प्रकृतिलाई सम्मान गरेका थिए, जुन हामीले विस्तारै बिर्संदै गएका छौं। त्यसकारण यसलाई सिर्जनशील हरित अर्थतन्त्रको नाम दिइएको उनको भनाइ छ।

तालिमका लागि अनलाइन फर्म

यो तालिममा सहभागी हुन चाहने व्यक्तिहरूले अनलाइनबाटै फर्म भर्नुपर्छ। तालिम शुरु गर्दा कोभिड-१९ महामारीले सबैतिर गाँजेको थियो। त्यसैले शुरुदेखि नै तालिममा सहभागी हुन चाहनेहरूका लागि अनलाइन फर्मकै व्यवस्था गरियो। यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको छ। देशभरका युवा-युवतीले तालिमका लागि अनलाइन फर्म भर्न सक्छन्। ढकाल भन्छन्, ‘नेपालको जुनसुकै स्थानमा रहेका व्यक्तिहरूले पनि अनलाइनबाटै फर्म भरेर अनलाइनबाटै तालिम लिन सक्नेछन्।’

सन् २०२१ र २०२२ मा गरी इन आवर हयान्ड्सबाट १२ जना उद्यमीहरू छनोट गरिएको छ। यस वर्ष पनि एक सयजना युवाको आवेदन लिएर तीमध्ये ६ जना उत्कृष्ट युवा छनोट गर्ने योजना छ। र, उनीहरूले काठमाडौं विश्‍वविद्यालयबाट एक्रिडिसन पाउने छन्। काठमाडौं विश्‍वविद्यालयको एक्रिडिसन आफैंमा प्रतिष्ठित मानिन्छ।

विगत दुई वर्षमा छनोट भएका उद्यमीहरूले आफ्नो व्यवसायलाई झनै विस्तार गर्दै लगेको ढकाल बताउँछन्। यस वर्ष सय जनालाई ‘क्राफ्ट टुलकिट्स’ प्लेटफर्ममार्फत तालिम दिने व्यवस्था गरिएको उनको भनाइ छ।

क्राफ्ट टुलकिट शिल्प निर्माताहरूद्वारा शिल्प निर्माताहरूको लागि विकसित गरिएको एउटा प्लेटफर्म हो। जसमा आफ्नो व्यवसायको लक्ष्य, योजना, बिक्री तथा बजार, पैसा व्यवस्थापन र दिगोपनाको बारेमा जानकारी जानकारी हालेर व्यावसायिक योजना बनाउन सकिन्छ।

क्राफ्ट टुलकिट हाल अजरबैजानी, अंग्रेजी, इन्डोनेसियाली, मलेसियाली, स्पेनिस, थाई, आर्मेनियाली, अरबी, दारी, हिन्दी, नेपाली र पश्तोसहित २०२२ को शुरुवातमा थपिएका नयाँ भाषाहरूमा उपलब्ध छ।

यस वर्ष १०० जनासम्मलाई तालिममा सहभागी गराइने छ। पाँच सातापछि उनीहरूले तयार गरेको प्रकृति मैत्री व्यावसायिक योजनालाई उत्पादन बजारीकरणको थप ३ महिनाको तालिममा जोडिने छ।

तालिममा सहभागी १०० जना व्यवसायीमध्ये पनि पाँच सातापछि राम्रो बिजनेस प्लान भएका १० जनालाई छनोट गरी अनुसन्धान अनुदान दिने व्यवस्था छ। १० जनालाई फेरि २ महिनासम्म तालिम दिई तीमध्ये ६ जना छनोट गरी विकास अनुदान प्रदान गरिने छ। ढकाल भन्छन्, ‘यो सबै प्रकृया अघि बढ्न करिब आठ महिनाको समय लाग्‍नेछ। जो व्यक्तिहरू आठ महिनासम्म तालिममा पर्न सफल हुनेछन्, उनीहरूका लागि काठमाडौं विश्‍वविद्यालयबाट प्रमाणपत्रको व्यवस्था मिलाइएको छ। संस्थाबाट व्यवसाय विस्तारको लागि केही आर्थिक सहयोगस्वरूप विकास अनुदान प्रदान गरिने छ।’

जुन व्यक्तिले आफ्नै व्यवसाय अंगालिरहेका छन् तर उनीहरूसँग कुनै सर्टिफिकेट छैन भने त्यस्ता व्यक्तिहरूका लागि काठमाडौं विश्‍वविद्यालयले दिने सर्टिफिकेटको निकै महत्त्व रहने उनको भनाइ छ। यसलाई रचनात्मक हरित उद्यमशीलता अनुदान नाम दिइएको छ। कारण- उद्यमी बन्‍न चाहनेहरूले प्रकृति मैत्री उत्पादन गर्नुपर्नेछ। नेपाल र बेलायतका विज्ञहरूले युवालाई तालिम दिने छन्।

ब्रिटिस काउन्सिलका अनुसार इन आवर ह्यान्ड्सले रचनात्मक हरित उद्यमशीलतालाई सहयोग गर्छ। युवा केन्द्रित यो कार्यक्रमले समावेशी विकासको अवधारणा अघि सारेको छ। इन आवर ह्यान्ड्सले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाका क्षेत्रमा आधारित अवसर खोज्‍न र उपयोग गर्न युवा उद्यमीलाई सहयोग गरिरहेको छ।

आवेदन फर्म भर्न सकिने लिंक

https://www.britishcouncil.org.np/programmes/climate-change/in-our-hands

बुधबार, भदौ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भर्खरै

  • १.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • २.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ३.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ६.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ७.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.