• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘छिपेको महामारी’ : घट्दैछ एन्टिबायोटिकको प्रभाव, औषधि प्रतिरोधि बन्दैछन् ब्याक्टेरिया


शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित

Advertisement

लन्डन- एन्टिबायोटिकको अत्यधिक प्रयोगका कारण ब्याक्टेरियामा औषधिको प्रभाव कम हुन थालेको अध्ययनबाट देखिएको छ। जसका कारण सन् २०१९ मा संसारभरमा १२ लाखभन्दा बढी बिरामीले ज्यान गुमाएको अध्ययनको निष्कर्ष छ।

ब्याक्टेरियाहरूमा एन्टिबायोटिकको असर नहुनुको कारणबाटै त्यति ठूलो संख्यामा बिरामीको मृत्यु भएको शोधकर्ताहरूले निष्कर्ष निकालेका छन्। यो आँकडा मलेरिया र एड्सबाट बर्सेनि हुने मृत्युको भन्दा बढी हो।

मेडिकल जर्नल ‘द लान्सेट’मा प्रकाशित अध्ययनको रिपोर्टअनुसार गरिब मुलुकका नागरिक यसबाट ज्यादा प्रभावित छन्। औषधिहरू बेअसर हुने अवस्थालाई मेडिकल शब्दावलीमा ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ भनिन्छ। यो अवस्था त्यतिबेला आउँछ, जब ब्याक्टेरिया, भाइरस र परजीवीहरू समयसँगै बदलिँदै जान्छन्।

अनि, तीमाथि औषधिको कुनै प्रतिक्रिया हुँदैन, उपचार कठिन हुन्छ अनि बिरामी गम्भीर बन्दै मृत्युवरण गर्छ।

त्यसैले यस समस्याबाट छुटकारा पाउन तत्काल नयाँ औषधिहरूमा लगानी बढाउन र अहिले उपलब्ध औषधिहरूको उपयोग अधिक समझदारीका साथ गर्न शोधकर्ताहरूले सल्लाह दिएका छन्।

खासमा, सामान्य संक्रमणमा पनि एन्टिबायोटिक प्रयोग गरिहाल्ने बानीका कारण ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स’को अवस्था आएको शोधकर्ताहरूको निष्कर्ष छ। सामान्य रोग र संक्रमणकै कारण मानिसको मृत्यु भइरहेको छ। र, जुन ब्याक्टेरियाका कारण संक्रमण हुँदै आएको छ, ती अब प्रतिरोधी बनेका छन्। र, औषधिको असर देखिन छाडेको छ।

हालै बेलायती स्वास्थ्य अधिकारीहरूले ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स’लाई लुकेको महामारी संज्ञा दिएका छन्। यदि समयमै यसको निदान नखोजिए कोरोना महामारीजस्तै ठूलो रूप लिन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

कोभिड-१९ का बिरामी अस्पताल भर्ना हुने क्रम बढ्दा एन्टिबायोटिकको उपयोग पनि अत्यधिक बढ्यो, जसले ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स’को जोखिम बढाएको छ।

‘द लान्सेट’को पछिल्लो अध्ययन २०४ मुलुकमा गरिएको विश्लेषणमा आधारित छ। यस अध्ययनको नेतृत्व वासिङ्टन विश्वविद्यालयले गरेको थियो। सन् २०१९ मा मृत्यु भएका करिब ६० लाख मानिसको मृत्युको कारण प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स’ भएको शोधकर्ताहरूको अनुमान छ।

सन् २०१९ मा एड्सबाट आठ लाख ६० हजार र मलेरियाबाट ६ लाख ४० हजारको मृत्यु भएको थियो। ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स’का कारण हुने अधिकांश मृत्युमा निमोनिया र फोक्सोको संक्रमण देखिने गरेको छ। उक्त रिपोर्टअनुसार सन् २०१९ मा ‘एन्टी-माइक्रोबियल रेसिस्टेन्स’का कारण दक्षिण एसियामा तीन लाख ८९ हजारको मृत्यु भएको थियो।

शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.