काठमाडौं- काठमाडौं महानगरपालिका-२ लाजिम्पाट गैरीधारा डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-६ घर भएका ३५ वर्षीय राजन ढुंगेल आफ्नै डेरा कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
कपिलवस्तु बुद्धभूमि नगरपालिका-७ संगमडिहवा बस्ने २८ वर्षीय रामबलि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा सिरानचोक गाउँपालिका-४ भरलाबोट बस्ने ४६ वर्षीय रमेश विक सोही ठाउँस्थित चेपे नेपालीको घरको पिँढीमा रहेको खाटमा बिहीबार मृत अवस्थामा फेला परेको छन् ।
बर्दिया राजापुर नगरपालिका-४ संघर्ष नगर बस्ने ५७ वर्षीया तिधिया थारु आफ्नै घर नजिक कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।