बारा- जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई भन्सार छली ल्याएको करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ मूल्य बराबरको चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।