• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

धरानको र्‍याली भन्दै वीरगञ्‍जको रथयात्राको तस्बिर भाइरल


    Avatar photo
आइतबार, भदौ १०, २०८० मा प्रकाशित

काठमाडौं- एक साताअघि धरान उपमहानगरपालिका-११ मा गोरुको मासु खाँदै गरेको भिडियो भाइरल भएको थियो। त्यसमा संलग्‍न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। सो घटनापछि त्यहाँको सदभाव खल्बलिने सम्भावना भएको भन्दै स्थानीय प्रशासनले ८ भदौमा र्‍याली वा भेला नगर्न निषेधाज्ञा जारी गरेको थियो।

Advertisement

यसै सन्दर्भमा ९ भदौमा गौ हत्याविरुद्ध सदभाव र्‍याली आयोजना गरिएको थियो। विभिन्‍न जिल्लाबाट इटहरीमा भेला भई धरानतिर बढेको विशाल र्‍यालीलाई प्रहरीले सुनसरीको तरहराबाट अघि बढ्नबाट रोकेको थियो। त्यसका लागि ९ भदौ बिहानैदेखि इटहरीलाई धरानसँग जोड्ने सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

९ भदौदेखि सोही र्‍यालीको तस्बिर र भिडियो भन्दै एउटा सामग्री सामाजिक सञ्‍जालमा भाइरल छ। यो सामग्री एक्स, फेसबुक, टिकटकलगायत सामाजिक सञ्‍जालमा फैलिएको छ। कतिपयले इटहरीमा भएको र्‍यालीको तस्बिरसहित उक्त भिडियो फोटो सेयर गरेका छन् भने कतिले धरानको जनलहर भन्दै फोटो पोस्ट गरेका छन्। भाइरल फोटोमा गेरु रंगका पोशाक लगाएका सयौंको संख्यामा र्‍यालीमा सहभागी भएको देखिन्छ। उक्त तस्बिरमा ध्वजापताका देखिन्छ भने सडकछेउमा आकाशे नीलो रंगको पक्की घर प्रष्‍ट देखिन्छ।

नेपाल चेकको तथ्य जाँचमा त्यो सामग्री दुई महिनाअघि वीरगञ्‍जमा भएको र्‍यालीको फेला परेको छ।

तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला उक्त फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्‍यौं। त्यसक्रममा हामीले हमार वीरगञ्‍ज नामक अनलाइनले सोही तस्बिर ५ असारमा प्रकाशित भएको पायौं। उक्त समाचारमा सो र्‍याली वीरगञ्‍जको माइस्थानस्थित गहवामाई मन्दिरको ११ ‌औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उल्लेख छ। समाचारमा उक्त र्‍यालीमा पर्साका साथै छिमेकी बारा, रौतहट अनि भारतबाट समेत भक्तजन सहभागी भएको उल्लेख छ।

त्यसको थप पुष्‍टि गर्न हामीले स्थानीय अनलाइन र समाचार पत्रका साइटमा उक्त र्‍यालीसम्बन्धी समाचार खोज्यौं। वीरगञ्‍ज सञ्‍जाल नामक अनलाइनमा पनि सो फोटो वीरगञ्‍जमा दुई महिनाअघिको रथयात्राको भएको जनाइएको छ। यस्तै, वीरगञ्‍जको प्रतीक डेलीमा पनि सो रथयात्राको समाचार प्रकाशित छ।

हामीले गरेको तथ्य जाँचमा उक्त सामग्री गत ९ भदौमा धरानमा आयोजना गरिएको धार्मिक र्‍यालीको नभई दुई महिनाअघि वीरगञ्‍जमा भएको रथयात्राको भएको फेला परेको छ। तसर्थ, सामाजिक सञ्‍जालमा भाइरल उक्त सामग्री भ्रामक छ।

यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो

आइतबार, भदौ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नझुक्किनूस्, यो भिडियो विराटनगरमा परेको असिनाको होइन
नेपालमा लकडाउन हुने भन्दै भ्रामक भिडियो भाइरल
ज्ञानेन्द्रको समर्थनमा निस्केको जुलुस भन्दै म्याराथनको भिडियो भाइरल
जाजरकोट भूकम्पको भन्दै ८ वर्षअघिको भिडियो भाइरल
नागढुंगाको भन्दै साउदीको सुरुङ भाइरल
पाकिस्तानको बाढीको भिडियोलाई नेपालको भन्दै बनाइयो भाइरल

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.