काठमाडौं – सिरहा सिराहा नगरपालिका-२ बस्ने ७० वर्षीया भुलुर देवी सहनी सोही नगरपालिका-१ स्थित पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । बुधबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त पोखरामा डुबेको अवस्थामा शव फेला परेको हो ।
सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवास्थित ओम शक्ति भेनियर प्लाई फ्याक्ट्रीमा गार्डको काम गर्दै आएका मोरङ कटहरी गाउँपालिका-१ बस्ने ५७ वर्षीय प्रकाश कर्ण डिउटी बसेको कुर्सीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी पाटन नगरपालिका-६ खोड्पे बैतडीस्थित कनेडा मोड नजिक खोल्सामा दशरथचन्द्र नगरपालिका-४ बस्ने २६ वर्षीय सुरज भुल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा वीरगंज महानगरपालिका-१५ बासपार्कस्थित काठमाडौंबाट वीरगंज आएको ना.७ ख ५०११ नम्बरको बसमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।