काठमाडौं -भोजपुर भोजपुर नगरपालिका-२ कागते बस्ने ४५ वर्षीय धन बहादुर तामाङको घरमा सोलार प्यानलको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, काठपात, अन्नपात, लत्ताकपडा, नगद लगायतका सामान जलेर करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
धनुषा सबैला नगरपालिका-६ गोबिन्दपुर बस्ने धर्मनाथ साहको घरमा बालेको टुकीबाट मंगलबार राति आगलागी हुँदा घर, काठपात, भाडावर्तन, लत्ताकपडा तथा अन्नपात जलेर करिब ७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।