काठमाडौं -बारा बारागढी गाउँपालिका-५ सिंहासनीस्थित सडकमा ना.४८ प २५३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने प्रमोद माझीकी ५ वर्षीया छोरी उषा माझीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय क्लिनिक कोल्वही हुँदै जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलका चालक निजगढ नगरपालिका-६ बस्ने २० वर्षीय निसिल खुलाललाई १ हजार पिस नियन्त्रित लागूऔषध ट्रामामेड सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बारा प्रसौनी गाउँपालिका-३ स्थित सडकमा प्रदेश२-०३-००१ त ५५७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका चालक परवानीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय सुरज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहको छ ।
सुनसरी रामधुनी नगरपालिका-७ स्थित सेउती खोलामा को.२ त ७६०४ नम्बरको ट्याक्टरको ट्रलीको पिन भाँचिदा अनियन्त्रित भई सोही खोलामा खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिरहा सुखीपुर नगरपालिका-१० लंगुर्वास्थित सडकमा स.१ त ४३८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक औरही गाउँपालिका-१ हर्कट्टी बस्ने ४० वर्षीय चन्देव कामतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कसहा हेल्थ केयर हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ उर्लाबारी नगरपालिका-३ सोल्टीपुलस्थित सडकमा को.२ त ८२९६ नम्बरको ट्याक्टरले प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २१ वर्षीय निश्चल बाँनियाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।