काठमाडौं -काठमाडौं महानगरपालिका-१५ बुद्धपार्क स्वयम्भूस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ख ३७२३ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिलाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारास्थित सडकमा प्रदेश ३-०१-०२४ च ४२७६ नम्बरको पिकअप गाडी अनियन्त्रित भई नालामा पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा गाडीमा सवार सिराहा धनगढिमाई नगरपालिका-९ जिरो माइल जयपुर बस्ने २५ वर्षीय किसुन कुमार साहको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका पिकअप चालक सिराहा सखुवानन्कारकट्टी गाउँपालिका-१ मौवाही बस्ने २८ वर्षीय सन्तोष कुमार साह समेत २ जनालाई उपचारको लागि शुभजिवन अस्पताल खुर्कोट पठाइएको छ ।