• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बेलकामा सरुवा भएका प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन चलखेल


शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित

सुनसरी- उदयपुरको बेलका नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको छ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सर्वसाधारणले सास्ती भोग्‍नु परेको स्थानीय प्रदीप कार्कीले जानकारी दिए। ‘प्रशासकीय अधिकृत नहुँदा नागरिकले नगरपालिकाबाट पाउनुपर्ने सेवा ठप्प भएको छ। चाँडोभन्दा चाँडो नयाँ प्रशासकीय अधिकृत उपस्थित हुनुपर्छ,’ कार्कीको माग छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, योजना निर्माणका काम ठप्प बनेको नगरपालिकाकी उपमेयर जिरा राईले बताइन्।

नगरका सूचना अधिकारी चेतनाथ गौतमले भने हिजो हाजिरी पुस्तिका केही कर्मचारीले नभेटेपछि समस्या उत्पन्‍न भएको बताए। उक्त समस्या आजबाट समाधान भइसकेको र प्रशासकीय अधिकृत रमेश गौतम यहाँबाट सरुवा भएर गएपछि उनको स्थानमा दशरथ राई आउने पत्र प्राप्त भएको उनले बताए। हालसम्म राई उपस्थित नभएको र नागरिकले पाउने सेवा सुविधाहरू नगरबाट निरन्तर दिँदै आएको उनको दाबी छ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत राई नगरपालिकामा आई कार्यभार सम्हाल्न नपाउँदै उनलाई हाजिर हुन नदिन राजनीतिक चलखेल शुरु भएको छ। राईको ठाउँमा अन्य कर्मचारीलाई ल्याउन राजनीतिक चलखेल भइरहेको स्रोतको दाबी छ।

किराँत राई यायोक्खा बेलका नगर अध्यक्ष सुशील राईका अनुसार प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको अन्यत्र सरुवा भएपछि राजनीतिक पहुँचका आधारमा आफ्नो पकडका अधिकृत ल्याउन चलखेल भइरहेको छ। ‘बेलकामा सरुवा भएका राई नगरमा आउन नदिन विभिन्‍न प्रपञ्‍च रचिँदै छ,’ उनले भने, ‘राईको ठाउँमा अन्य व्यक्तिलाई ल्याउने चलखेल हुँदैछ। बेलकाका सम्पूर्ण आदिवासी, जनजाति र राईहरु उठ्ने बेला आयो। नगरको काम हेरिरह्यौं, अब हेर्ने छैनौं। चुप बस्ने छैनौं। सरोकार राख्‍ने निकायको बेलैमा ध्यानाकर्षण होस्।’

सामाजिक सञ्‍जालमा स्थानीय दीप चाम्स लेख्छन्, ‘के हुँदैछ यता बेलका नगरपालिकातिर? आफ्नो कार्यकक्ष आफैं बन्द गर्नु र हाजिरी खाता कब्जा गर्नु राम्रो सन्देश होइन। मेयर साब एक वर्षमा ३ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसके। अनि अहिलेचैं किन यस्तो जात्रा? कर्मचारीमा भन्दा विकासमा ध्यान दिनुहोस्।’

अशोक कार्की मेयर भएपछि यो नगरपालिकामा प्रशासकीय अधिकृतहरू अर्जुन निरौला र रामप्रसाद वाग्ले ५ महिनामै सरुवा भएका थिए। त्यसपछि आएका रमेश गौतमको सरुवा भएको छ।

मेयर र प्रशासकीय अधिकृतबीच विकास निर्माणलगायत विषयमा तालमेल र कुरा नमिल्दा चाँडो चाँडो सरुवा भइरहेको स्रोतको दाबी छ।

नगर प्रमुख कार्की भने आफू नगरको कामको सिलसिलामा काठमाडौं पुगेर जिल्ला फर्किदै रहेको अवस्थामा अनावश्यक हल्ला गरिएको दाबी गर्छन्। हल्लाको पछि नलाग्‍न उनले आग्रह गरेका छन्।

शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.