काभ्रे– काभ्रेकाे बनेपा नगरपालिका-१३ भैसिँपाटीमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे ज्यान गएकाे छ।
Advertisement
बा.प्र०३-००१ ख १५८६ नम्बरको ट्रकले बा.प्र-०२-०३४ प ११६७ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक धुलिखेल नगरपालिका-१ बस्ने २१ वर्षीय अभिषेक न्यौपानेको मृत्यु भएको हाे।
ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।