काठमाडौं -काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने ५६ वर्षीय दिपक अर्यालको आफ्नै घरको दोस्रो तलाबाट लडेर शनिबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको मेडिकेयर अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङ सिद्धलेख गाउँपालिका-६ परेवाटारस्थित सिद्धलेख बृज इँटा उद्योगको निर्माणाधीन भवनको दोस्रो तलाबाट लडेर भक्तपुर नगरपालिका-८ भक्तपुर बस्ने ६२ वर्षीय सत्य बहादुर छुवाजुको शुक्रबार दिउँसो मृत्यु भएको छ । उक्त भवनमा काम गर्नेक्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि गजुरी अस्पताल धादिङतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
पाँचथर फालेलुङ गाउँपालिका-७ फर्तिमा टोल बस्ने ३५ वर्षीय राज कुमार तामाङको सोही ठाउँस्थित भिरबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै पाखाबारीमा घाँस काट्नेक्रममा भिरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
गुल्मी धुर्कोट गाउँपालिका-१ नयाँगाउँ मादला बस्ने ८० वर्षीया गौथली रिजालको सोही ठाउँस्थित ठूलाखोला भिरको गोरेटो बाटोबाट करिब १ सय मिटर तल लडेर शनिबार बिहान मृत्यु भएको छ ।