कपिलवस्तु -कपिलबस्तु नगरपालिका-९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिकलाई स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उनको घरमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारी उनलाई पक्राउ गरेको हो ।