• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै


शनिबार, पुष २४, २०७८ मा प्रकाशित

सुदूरपश्चिम- भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको जोखिम थप बढेको छ ।

Advertisement

भारतमा कोरोनाका नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ । विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन ।

धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन् । राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न सङ्घसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेका छैनन् । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो तीन दिनमा २१५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सङ्क्रमित अधिकांश सीमा नाकाबाट प्रदेशमा भित्रिएका नागरिक छन् ।

बुधवार एकै दिनमा पश्चिमी सिमानाका कञ्चनपुरको गड्डा चौकी, कैलालीको गौरीफन्टा र बैतडी सीमा नाकाबाट भित्रिने १०७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

सीमा नाकामा एन्टिजेन पद्धतिबाट भित्रिने नागरिकको कोरोनाको नमूना परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण बढ्न थालेपछि भारतमा आफ्नो काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढ्दा पनि प्रदेशमा जोखिम देखिएको हो ।

नाकाबाट भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतना अपनाइए पनि भित्रिने कतिपय नागरिकबाट लापरबाही भइरहँदा यो रोगको जोखिम बढेको त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेव गणेश साउदले बताउनुभयो ।

‘‘पोजेटिभ देखिएकालाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेशनमा पठाउने गरेका छौँ’’, अहेव साउदले भन्नुभयो, ‘‘पछिल्ला दिनमा सीमा नाकाबाट भित्रिनेको सङ्ख्या बढेसँगै सङ्क्रमण दर पनि बढ्दो क्रममा रहेको छ ।’’

यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक १० प्रतिशतका दरले सङ्क्रमित थपिने गरेको जनाइएको छ । यात्रुको खोजीमा सीमा पारी पुग्ने विद्युतीय रिक्साले यात्रुलाई सरसामानसहित हेल्थ डेक्सका कर्मचारी र सीमामा खटिएका प्रहरीलाई छलेर भित्र्याउँदा पनि जोखिम देखिएको छ । ‘ओमिक्रोन’ को आशङ्कामा दुई जनाको नमूना सङ्कलन गरी थप परीक्षणका लागि काठमाडौँ पठाइएको साउदले जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा देखिएकाले भारतबाट आउनेको नमूना परीक्षण गराउने र खोप लगाउने काममा प्राथमिकता दिइएको जानकारी दिनुभयो । हालसम्म प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन् ।

भारतसँगको खुला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा केही चुनौती रहेको स्वास्थ्यकर्मीले बताएका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ३५ हजार ७२५ जनाको कोरोना परीक्षण गरिएकोमा ४८ हजार ५१९ जनामा सङ्क्रमण भइसकेको छ ।

कोरोना भाइरस फैलिएयता अहिलेसम्म प्रदेशमा सङ्क्रमित ६१४ को ज्यान गइसकेको छ । नेपाल भित्रिने सबै नागरिकको हेल्थ डेस्कमा स्वास्थ्यको नमूना परीक्षण हुने गरेको छ । यसबाहेक प्रदेशका प्रयोगशालामार्फत पीसीआर र एन्टिजेन पद्धतिमार्फत नमूना परीक्षण हुने गरेको छ ।

हेल्थ डेस्कमा नमूना परीक्षणपछि कोरोना भाइरसको लक्षण भएकालाई सेती प्रादेशिक अस्पतालमा र नभएकालाई कनरीस्थित आइसोलेशनमा पठाउने गरिएको छ । धनगढी उपमहानगरपालिकाको पहलमा सीमाबाट भित्रिनेहरुका लागि सीमा नाकामै खोपको व्यवस्था गरिइएको छ ।

शनिबार, पुष २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.