काठमाडौं -सुनसरी ईटहरी उपमहानगरपालिका-२० तरहरास्थित सडकमा प्रदेश नं.१-०२-००१ ख ८१९६ नम्बरको बसले को.२७ प २१९ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक संखुवासभा खांदबारी नगरपालिका-७ बस्ने २६ वर्षीय सन्तोस राई र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय अभि राई रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली गोदावरी नगरपालिका-९ धनचौरीस्थित सडकमा रा.१ त ४६५३ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री कञ्चनपुर कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने ४० वर्षीय करन भट्टराईको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा मिथिला नगरपालिका-८ बडहरीस्थित सडकमा प्र २-०२-००१ च ०७२८ नम्बरको बोलेरो र बा.१७ च ३७८६ नम्बरको कार एक-आपसमा बिहीबार राति ठोक्किएर दुर्घटना हुँदा कार चालक महोत्तरी गौशाला नगरपालिका-२ बस्ने ३५ वर्षीय उदम चौधरीको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनामध्ये १ जनाको न्यूरो अस्पताल बाँसवारी र २ जनाको मोडल अस्पताल लालगढमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।