सिरहा -धनगढीमाई नगरपालिका-१० बस्ने ३० वर्षीय गुंजेश्वर साहले सोही नगरपालिका-११ छप्रारीमा संचालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ बस्ने २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव रहेका छन् । लेनदेनको बिषयलाई लिएर उनीहरुले उक्त होटलमा पेट्रोल छर्की आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । आगलागीबाट होटल सामान जलेर करिब १ लाख २ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।