काठमाडौं -बुढानिलकण्ठ नगरपालिका-८ सिमपाखास्थित झाडीमा मंगलबार नवजात शिशु बालक मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
भक्तपुर मध्यपुरठिमी नगरपालिका-४ दुईपोखरीस्थित पाटीमा काभ्रे पात्लेखेत फुलवारी घर भएका ६५ वर्षीय रत्न बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन भरतपुर महानगरपालिका-१ ईन्द्रदेव मार्गस्थित साजन टेलरमा काम गरी बस्ने बारा कलैया नगरपालिका-९ बस्ने ३५ वर्षीय बिनोद शाह सोही टेलरमा सुतिरहेको अवस्थामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा गौरीगंज गाउँपालिका-४ कधुभिट्टास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।