म्याग्दी -निर्माणाधिन घरको ३ तला माथिबाट खसेर अन्नपूर्ण गाउँपालिका-७ हिस्तान बस्ने ३४ वर्षीय कृष्ण पुनको सोमबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
बेनी नगरपालिका-७ मंगलाघाटस्थित मालिका गाउँपालिका-६ दिच्यामका हिरा भण्डारीको निर्माणाधिन घरमा काम गर्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका कृष्णको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।