सर्लाही -बाग्मती नगरपालिका-१० नयाँ बस्ती बस्ने ४० वर्षीय काशी मंसुरीको छिमेकीसँगको झगडामा कुटपिट हुँदा सोमबार राति मृत्यु भएको छ ।
Advertisement
सोही ठाउँ बस्ने ५५ वर्षीय नसरे शेख र काशीबीच वच्चाको विषयलाई लिएर शुक्रबार साँझ झगडा भई कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका काशीको स्थानीय क्लिनिक हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार रहेका नसरेको खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले थप अनसन्धान गरिरहेको छ ।