काठमाडौं- काठमाडौं दक्षिणकाली नगरपालिका-७ भुल्का गतेरीस्थित बाग्मती खोलाको किनारमा भोजपुर चम्के बस्ने मनोज मगरको छोरा १३ वर्षीय साजन मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत साउन ७ गते काठमाडौं महानगरपालिका-३ रानीबारी २ नम्बर गेट नजिक रानीबारी खोलाले बगाएर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
बागलुङ ढोरपाटन नगरपालिका-७ ग्याल्दुङस्थित ग्याल्दुङबाट धम्पु जाने बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया कालिका कुमाल बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
मोरङ विराटनगर महानगरपालिका-१२ झुटुवा बस्ने १५ वर्षीय मिन्जेल सहनी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा दमक नगरपालिका-९ स्थित न्यु ब्राइट वे होटल एण्ड लजमा कमल गाउँपालिका-५ बस्ने ३९ वर्षीय प्रदिप राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा मेलुङ गाउँपालिका-१ पोगटीदोबाटे बस्ने ३० वर्षीया रामदेवी श्रेष्ठ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।