काठमाडौं -पाल्पा, रिब्दिकोट गाउँपालिका-२ लघुवास्थित सडकमा बुटवलबाट शव लिई सतगतको लागि रिडीतर्फ जाँदै गरेको लु.१ ख ७२७९ नम्बरको बस सडकबाट करिब ६५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३५ जना मध्ये ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । उक्त बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरी टोलीले दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही ईश्वरपुर नगरपालिका-३ सागरनाथ जंगलस्थित सडकमा बा.१९ प ७१९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० दशबिगहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय को श्रगम बिक र २२ वर्षीय रोहन सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
रोल्पा रोल्पा नगरपालिका-९ गर्पास्थित सडकमा रा.१ ह ३०५१ नम्बरको अटो सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-४ लहरी खोला बस्ने २८ वर्षीय खुम बहादुर रोकाको घटनास्थलमै मृत्यु भएको छ ।