मेलबर्न- यही अगस्टमा डबल सुपरमुन हेर्ने अवसर पृथ्वीवासीले पाउँदैछन्। उक्त दुर्लभ दृश्य हेर्न मिस गर्नेहरूले त्यसका लागि सन् २०३२ सम्म पर्खिनुपर्नेछ।
डबल सुपरमुन अर्थात नीलो चन्द्रमा। वास्तवमा चन्द्रमा नीलो भएर चम्किने होइन। डबल सुपरमुनलाई किन नीलो चन्द्रमा भनियो भन्ने जानकारी छैन। सदियौंअघि यस्ता शब्दावली असम्भव घटनालाई वर्णन गर्न प्रयोग गरिन्थ्यो। जस्तो- यदि सुँगुर उड्यो भने। जब कि, पखेटाविहीन सुँगुर उड्थ्यो कसरी ?
सन् १८०० को दशकमा ज्वालामुखी विष्फोटपछि आकाश अजीब रंगमा बदलिएको थियो। त्यही बेला सुपरमुन देखियो, जसको रंग पनि नीलो देखियो। र, त्यसलाई ‘ब्लू मुन’ भनियो। अनि सुपरमुनले ब्लू मुन नाम पायो।
खगोलीय शब्दमा ‘ब्लू मुन’ त्यतिबेला हुन्छ, जब एकै मौसममा चारवटा पूर्ण चन्द्रमा पर्छन्। खासमा यो दोस्रो पूर्णिमाको वर्णन गर्न प्रयोग गरिएको हो, जो एकै क्यालेन्डर महिनामा समेटिन्छ। सुपरमुन त्यतिबेला हुन्छ, जब चन्द्रमा एकल कक्षमा पृथ्वीको सबैभन्दा नजिक पूर्ण चरणका साथ आउँछ। यी दुवै कारक एकसाथ घटित हुँदा ‘सुपर ब्लू मुन’ या ‘ब्लू सुपरमुन’ भनिन्छ।
सन् २०२३ मा सबै चारवटा सुपरमुनमध्ये अगस्टमा तीमध्ये दुईवटा देखिँदै छन्। पहिलो सुपरमुन औसत पूर्णिमाको तुलनामा ७.१ प्रतिशत ठूलो र करिब १५.६ प्रतिशत अधिक चमकदार देखिने छ। यो परिघटनालाई इटालीका खगोलशास्त्री जियानलुका मासीले आफ्नो भर्चुअल टेलिस्कोपमार्फत संसारभर प्रत्यक्ष प्रसारण गर्दैछन्।
एउटा र अर्को सुपरमुन २८ दिनभित्र देखिँदै छन्। दोस्रो ब्लुमुन ३१ अगस्टमा देखिने छ। दोस्रो ब्लुमुन पहिलोको तुलनामा ०.१ प्रतिशत ठूलो र चम्किलो देखिने छ। यस्तै सुपुरमुन पछिल्लोपटक सन् २०१८ मा देखिएको थियो। त्यो सामान्यभन्दा बढी रातो देखिएको थियो। त्यसैले त्यसलाई ‘सुपर ब्लू ब्लड मुन’ नाम दिइएको थियो। यस्तै घटना ३१ जनवरी २०३७ मा देखिने छ। र, अगस्ट २०३२ मा पनि यस्तै घटना देखिने छ।
साइन्स अलर्टबाट