• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

सवारी दुर्घटनामा ८ जनाको मृत्यु


आइतबार, पुष १८, २०७८ मा प्रकाशित

काठमाडौं -महोत्तरी, कञ्चनपुर, सप्तरी, पर्सा र दाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

Advertisement

 महोत्तरी बर्दिवास नगरपालिका-५ जंगा पुलस्थित सडकमा ज.६ प ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सर्लाही भक्तिपुर नगरपालिका-४ घर भएका ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

 यसैगरी महोत्तरी मनराशिष्वा नगरपालिका-२ स्थित सडकमा प्र.२-०२-००१ प ०९२४ र प्र.०२-०३-००३ प ३६५० नम्बरको मोटरसाइकल एक-‍आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुवै मोटरसाइकलको चालक सर्लाही चन्द्रनगर नगरपालिका-७ घर भएको ३३ वर्षीय अजय साह र महोत्तरी मनराशिष्वा नगरपालिका-५ बस्ने ३८ वर्षीय रोशन ठाकुर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

 कञ्चनपुर लालझाडी गाउँपालिका-६ चाँददेउस्थित सडकमा रोकी राखेको रा.१ त ८९९ को ट्याक्टरमा से.६ प ३९६३ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका-९ मतपुरे बस्ने २६ वर्षीय दिप्पु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईसान मेमोरियल अस्पताल बेलौरी हुँदै कैलाली प्रालि अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।           

 सप्तरी सप्तकोशी नगरपालिका-४ तुलसी टोलमा को.२२ प १५५८ नम्बरको मोटरसाइकल र स.५ प ३११८ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा  दुबै मोटरसाइकल चालक कंचनरुप नगरपालिका-७ बस्ने ३५ वर्षीय शुभास बस्नेत र उदयपुर चौदण्डिगढी नगरपालिका-९ भिमा टोल बस्ने २८ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भारदह अस्पताल भारदह हुँदै थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ४ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ

पर्सा ठोरी गाउँपालिका-३ रामनगरमा ना.६३ प ७४२६ नम्बरको मोटरसाइकल र बा.२७ प १६४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ना.६३ प ७४२६ नम्बरको मोटरसाइकल चालक पोखरीया नागरपालिका-२ बस्ने १८ वर्षीय संतोष पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको नारायणी अस्पताल वीरगंज हुँदै थप उपचारको लागि न्युरो अस्पताल वीरगंज रिफर गरिएको छ ।

दाङ राप्ती गाउँपालिका-५ लठुवामा लु.१ ख ९६४७ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक सहित फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

आइतबार, पुष १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.