काठमाडौ- काठमाडौं नागार्जुन नगरपालिका-३ सानोभर्याङ डेरा गरी बस्ने मुस्ताङ भरतजंग गाउँपालिका-४ घर भएका ४२ वर्षीय लोप्साङ्ग गुरुङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
यसैगरी काठमाडौं महानगरपालिका-९ तिलगंगा शम्भुमार्गस्थित भानुभक्त कोईरालाको होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बाग्लुङ, वरेङ गाउँपालिका-१ सानोखोला भन्ने ठाउँमा सडक निर्माणको काम गर्ने सल्यान कपुरवोट गाउँपालिका-६ कपुरवोट घर भएका ५५ वर्षीय तिल बहादुर महतरा सोही ठाउँस्थित भीरबाट लडेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेका छन् ।
कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड डेरा गरी बस्ने चितवन पिठुवा घर भएका ४६ वर्षीय राम प्रसाद भट्टराई आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।