काठमाडौं- काठमाडौं महानगरपालिका-३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उनको कोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ९ सय ७५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।