• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सुस्त मनस्थितिका आइन्स्टाइन कसरी बने विख्यात वैज्ञानिक?


शनिबार, साउन ०६, २०८० मा प्रकाशित

काठमाडौं- यस युगका महान वैज्ञानिक हुन् अलबर्ट आइन्स्टाइन। उनले प्रतिपादन गरेको सामान्य सापेक्षतावादको सिद्धान्त आधुनिक विज्ञानको आधारशीला हो। तर, उनी त्यत्तिकै प्रख्यात वैज्ञानिक बनेका होइनन्। उनको बाल्यकालको कथा रोचक र प्रेरणादायी छ।

Advertisement

अलबर्ट आइन्स्टाइनले एक दिन शिक्षकसँग सोधे, ‘गुरु म आफ्नो बुद्धिको विकास कसरी गर्न सक्छु ?’ शिक्षकले जवाफ दिए, ‘अभ्यास नै सफलताको मुलमन्त्र हो।’ त्यसैलाई मुलमन्त्र बनाएका उनले आफ्नो जीवन मानव सभ्यताका लागि कहिल्यै नष्‍ट नहुने सम्पदाका रूपमा विकास गर्न सके। गुरु मन्त्र प्राप्त गर्नु अघिसम्म उनलाई मन्द बुद्धी भएको बालकका रूपमा चिनिन्थ्यो।

आइन्स्टाइनको जन्म १४ मार्च १८७९ मा जर्मनीको युम नगरमा भएको हो। उनी बाल्यकालमा सुस्त मनस्थितिका थिए। पढ्न मन गर्दैनथे तर हातमा हमेशा पुस्तक रहन्थ्यो। पढ्थे, बुझ्दैनथे, फेरि पढ्थे र थोरै बुझ्थे। तर, केही समयपछि त्यसको सकारात्मक परिणाम देखिन थाल्यो। शिक्षकहरू त्यसबाट दंग परे। एक दिन उनी गणित विषय रोज्‍न सक्ने बने र विस्तारै उनको योग्यताको असर यस्तो हुन गयो कि कुनै अध्यापकले उनका जिज्ञासा शान्त गर्न नसक्ने भए। कुनै समस्या हल गर्नु परे उनीहरू उल्टै आइन्स्टाइनको मद्दत लिन थाले।

केही शोधार्थीका अनुसार बाल्यकालमा आइन्स्टाइनमा मन्द अभिव्यक्तिको समस्या अर्थात् आस्पर्जर सिन्ड्रोम थियो। क्याम्ब्रिज विश्‍वविद्यालयको अटिजम अध्ययन केन्द्रका निर्देशक सिमोन ब्यारोन कोहेनको अध्ययनअनुसार आइन्स्टाइनले किशोरावस्थामा निकटस्थ साथी बनाएको, आत्मीय सम्बन्ध रहेको, कलेज तहका छलफलहरूमा भाग लिएको, राम्रो उच्चारणका साथ संवाद गरेको तथा साथी र मानवीय स्वभावका हिसाबले सुरुचिपूर्ण व्यवहार गरेको पाइँदैन।

उनको सुस्त मनस्थितिको समस्या हटाउन बाबुआमाले चिकित्सकसँग सल्लाह लिए। उनी ढिट र अक्कडोपनबाट समेत ग्रसित थिए। त्यही स्वभावका कारण एक प्रधानाध्यापकले उनलाई विद्यालयबाटै निकालिदिएका थिए। तर, त्यही स्वभावले उनलाई एक दिन विलक्षण प्रतिभाशाली बनाइदियो। ढिट स्वभावकै परिणामस्वरूप उनी जिज्ञासु बने। र, जिज्ञासा शान्त नहुन्जेल चुप लागेर नबस्‍ने व्यक्तित्व तयार भयो। सामान्य कुरामा पनि उत्सुक हुने उनको बानीले अन्तरिक्ष र समयजस्तो जटिल विषय खोतल्न सके।

उनका पिताले पाँच वर्षको उमेरमा उनलाई एउटा कम्पास ल्याइदिएका थिए। म्याग्‍नेटिक कम्पासको प्रकृति देखेर उनी अक्क न बक्क बने। किनभने, कम्पासको सुई उत्तरतिर फर्केर बस्थ्यो। उनले त्यसैको कारण खोजीमा जीवन बिताइदिए। उनी शब्द होइन, तस्बिरमा सोच्‍न थाले। विद्यालय जान थाल्नुअघि नै उनी समस्या समाधानमा अब्बल बनिसकेका थिए।

उनलाई बाल्यकालमा मातापिताले सिकाएका थिए, ‘ईश्‍वर मानिने एक अज्ञात शक्ति छ। संकटको समयमा ईश्‍वरलाई विश्‍वास गर्ने व्यक्तिलाई अद्भूत सहायता प्राप्त हुन्छ।’ गुरुमन्त्र र मातापिताको त्यही शिक्षाले उनलाई वैज्ञानिक खोजीमा अगाडि बढाएको हो। त्यही मिहिनेत र लगनशीलताको परिणाम हो, सामान्य सापेक्षतावादको सिद्धान्त। ‘अनलोन डेर फिजिक’ नामक पत्रिकामा त्यससम्बन्धी पहिलो आलेख प्रकाशित भएको थियो।

त्यसबाहेक सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, सांख्यिक मेकानिक्सका समस्याहरू, अणुहरूको ब्राउनियन गति, एक अणुवाला ग्यासको क्‍वान्टम सिद्धान्त, कम घनत्ववाला प्रकासको उष्‍मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त तथा भौतिक विज्ञानको ज्यामितीकरण पनि उनले प्रतिपादन गरेका सिद्धान्त छन्। सन् १९१९ मा बेलायतको रोयल सोसाइटीले उनका सबै शोधलाई सत्य घोषणा गर्‍यो।

सयौं पुस्तक र हजारौं  वेबसाइट सर्च गर्दा आइन्स्टाइनका सन्दर्भमा अनौठो कुरा भेटिन्छ। ती पुस्तक र वेबसाइट सर्च गर्नेहरूले उनी कुनै समय गणित विषयमा फेल भएको बुझ्छन्। विख्यात सर्च इन्जिन गुगलमा त्यससम्बन्धी पाँच लाख सन्दर्भ सामग्री भेटिन्छन्। रिप्लेको पत्याउनु नपत्याउनुस् स्तम्भबाट उनीमाथि पहिलोपटक त्यस्तो आरोप लगाइएको थियो। सत्य के हो भने उनी गणित विषयमा कहिल्यै फेल भएका थिएनन्। सन् १९३५ मा प्रिन्सटनका एक यहुदी धर्मगुरुले रिप्लेको ‘महान जीवित गणितज्ञ गणितमै फेल भएका थिए’ शीर्षकको सामग्री आइन्स्टाइनलाई देखाए। उनले हाँस्दै जवाफ दिए, ‘म कहिल्यै गणितमा फेल भएको छैन। १५ वर्ष अगाडिसम्म म डिफरेन्सिएल र इन्टेग्रल क्यालकुलसको मास्टर नै थिएँ।’

प्राथमिक तहमा उनी कक्षा टपर थिए। गणितमा त विद्यालय तहको आवश्यकताभन्दा धेरै माथि थिए। १२ वर्षको उमेरमा उनकी बहिनीले अंकगणितको जटिल समस्या समाधान गरेको बताएकी थिइन्। त्यसपछि उनमा ज्यामिति र बिजगणित सिक्ने चाहना बढ्यो। चाहना बुझेर मातापिताले दुवै विषयका पाठ्यपुस्तक घरमै ल्याइदिए। गर्मीको विदामा उनी दुवै विषयका मास्टर बनिसकेका थिए। उनले पाठ्यपुस्तक अध्ययन मात्र गरेनन्, नयाँ सिद्धान्त नै प्रतिपादन गरिदिए। पाइथोगोरियन सिद्धान्तभन्दा माथि उठेर उनले आफ्नै सिद्धान्त तयार पारे।

परिवारको आर्थिक अवस्था बलियो थिएन। त्यसबाट आइन्स्टाइनको पढाइमा थोरै असर पर्‍यो। उनले हिम्मत हारेनन्, लगनशीलता छाडेनन्। कुनै शोख पूरा गर्न एक पैसा पनि खर्च गर्दैनथे। उनको मितव्ययी जीवन सबैका लागि प्रेरणाको स्रोत हो। एक दिन मुसलधारे वर्षा भइरहँदा उनी घर जाँदै थिए। उनको काउब्वाइ ह्याट भने टाउकोमा नभई कोटभित्र पानीले नभिज्‍ने गरी लुकाएका थिए। सँगै गइरहेका व्यक्तिले उनलाई टाउकोमा ह्याट लगाए शरीर पनि जोगिने सल्लाह दिए। आइन्स्टाइनले भने, ‘शरीर त एकछिनमा सुक्छ तर यो ह्याट भिज्यो भने बिग्रिन्छ। मसँग नयाँ किन्‍ने पैसा र समय छैन।’ उनी ठान्थे, सीमित साधनबाट नै जीवनलाई महान बनाउन सकिन्छ।

उनी हर्मन र पाउलिन आइन्स्टाइनका पहिलो सन्तान थिए। उनका पिता हर्मन गद्दा फ्याक्ट्रीका मालिक थिए। लगानी डुबेपछि जर्मनीको युम नगरबाट म्युनिख सरे। त्यहाँ पुगेर विद्युतीय इन्जिनियरिङको व्यापार थाले। त्यसमा आइन्स्टाइनका काका ज्याकोब र मावली हजुरबुवा कोचले पनि साथ दिएका थिए। आइन्स्टाइनकी आमा पाउलिन प्रतिभाशाली संगीतकार थिइन्। उनैले छोरालाई पियानो बजाउन सिकाइन्। फुच्चे आइन्स्टाइनले त्यसमा ध्यान दिएनन्। बरु, भायोलिनतिर उनको रुचि बस्यो। ६ देखि १३ वर्षको उमेरसम्म भायोलिन हरदम उनको साथमा हुन्थ्यो।

सन् १८८१ मा जन्मेकी बहिनी माजा (मारिया आइन्स्टाइन) उनकी बाल्यकालकी साथी पनि हुन्। सन् १९२४ मा लेखिएको उनको बायोग्राफीअनुसार आइन्स्टाइनको बाल्यकालका धेरै किस्सामा बहिनी माजा नै जोडिन्छिन्।

माजाको भनाइअनुसार आइन्स्टाइन जन्मिँदा मातापिताले उनको टाउको ठूलो भएकामा चिन्ता गरेका थिए रे ! हजुरआमाले माजालाई उनका दाजु सानामा धेरै मोटो भएको पनि बताएकी थिइन्।

उनको औपचारिक शिक्षा ६ वर्षको उमेरमा म्युनिखको क्याथोलिक प्रारम्भिक विद्यालयबाट शुरु भएको हो। उनले विद्यालयमा राम्रो गरे तर साथीहरूसँग नजिकिन मन नगर्ने र चुपचाप एक्लै बस्‍ने स्वभाव थियो। सैन्य प्रकृतिको विद्यालयमा उनी रमाउँदैनथे। बरु, घरमै बहिनीसँग कागजको घर बनाउनेलगायत खेल खेल्न रुचाउँथे।

१० वर्षको छँदा गणित र विज्ञान पढाउने म्युनिखको लुटपोल्ड जिम्‍नासियमले उनलाई भर्ना लियो। तर, विद्यालयको कार्यक्रमबाट उनी खुशी हुन सकेनन्। काका ज्याकोबले घरमै उनलाई बिजगणितको किताब ल्याइदिए र गणितका समस्या समाधान गर्न प्रेरित गरे। मेडिकल अध्ययनरत २१ वर्षे म्याक्स ताल्मुडले विज्ञान र दर्शनसम्बन्धी पुस्तक ल्याइदिए। कुनै कुरामा नअडिएका आइन्स्टाइन ती दुवै विषयमा भने एकाग्र देखिए। उनको जीवनमा परिवर्तन ल्याउन ताल्मुडले ठूलो योगदान दिएको मानिन्छ।

११ वर्षको उमेरमा उनी धार्मिक आस्थातिर मोडिए। बाइबललगायत धार्मिक ग्रन्थ पढे। तर, विस्तारै भ्रममुक्त भए र वैज्ञानिक खोजतिर उनको रुचि देखियो। १३ वर्षको छँदा उनी धार्मिक कट्टरताबाट बाहिर निस्किइसकेका थिए।

सन् १८९३ मा उनको परिवार उनलाई म्युनिखमै छाडेर इटाली सर्‍यो। म्युनिखको विद्यालयका थप ६ महिने अरुचिपूर्ण समयमा उनलाई चिकित्सकले नसासम्बन्धी दुर्बलताका कारण हुने थकानको उपचार गर्न सुझाएका थिए।

सैनिक सेवामा लाग्‍नैपर्ने तत्कालीन तानाशाह हिटलर प्रशासनको उर्दीका कारण आइन्स्टाइने १७ वर्षको उमेरमा देश छाड्नुपर्‍यो। त्यसपछि उनी ज्युरिचको संघीय स्विस पोलिटेक्निकमा भर्ना भए, जुन एडभान्स प्राविधिक इन्स्टिच्युट थियो। उनी प्रवेश परीक्षामा फेल भएका थिए, फिजिक्स र गणितमा आश्‍चर्यजनक अंकका कारण उनले भर्ना पाए। सन् १८९६ मा स्‍नातक उत्तीर्ण गर्दा उनी आत्मविश्‍वासी, निश्‍चयी र उत्तरोत्तर अभिव्यक्तिशील व्यक्तित्व बनिसकेका थिए। बाल्यकालको शान्त र एकलकाँटे स्वभावबाट बाहिर निस्किसकेका थिए।

शनिबार, साउन ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.