सुनसरी- कोशी गाउँपालिका-७ केराबारी बस्ने सुरेन्द्र यादव र उनको भाइ देव नारायण यादवको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर, गोठ तथा अन्नपात, भडावर्तन, नगद, सुनचाँदी समेत जलेर करिब ३३ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।