• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मापदण्ड विपरितका भवन निमार्णमा सिद्धार्थनगर नगरपालिका माैन


    Avatar photo
मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित

भैरहवा– सिद्धार्थनगर नगरपालिकाका चोक-चोकमा धमाधम निमार्ण भइरहेका मापदण्ड विपरितका संरचनाले सिद्धार्थनगर नगरपालिकालाई चुनाैती थपिएकाे छ।

Advertisement

भैरहवाको मुख्य चोक देवकोटा चोकमा सिताराम उप्रेतिले बनाएको भवन पालिकाको मापण्डबिपरित पाइएको छ। एस आर कम्प्लेसले पनि माथिल्लो तला नक्सा पास नगरी बनाएको पाइएको हो।

लुम्बिनी रोडमा बन्दै गरेको अग्नी सिमेन्टका सञ्चालक राजकुमार पोखरेलको होलट बुद्ध स्टारले पनि अगाडिको भागको अस्थायी नक्सा लिएर पछाडी नक्सा नबनाई ठुलो भवन बनाएकाे छ।

१ तले घर बनाउनेहरुलाई नक्सा पास नहुँदा रोक्ने नगरपालिका मापण्ड भन्दा बाहिर गएर ठुलो भवन बनाउँदा रोक लगाउन समेत सकेको छैन। नारायणस्थानमा रहेको डा. ज्ञानदेव हटुवालको शास्वत भवनको नक्सा पास भएपनि मापदण्ड विपरित रहेको नगरपालिकाले बताएकाे छ। देवकोटा चोकमा रहेको राम थापाको यति होटल पनि सार्वजनिक जग्गामा मापदण्ड विपरित बनाइएकोे छ।

गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक बनिरहेकाे नरेन्द्र गुप्ता, सुनिल अग्रवाल र पवन सरावली लगायतको संयुक्त लगानीकाे बुद्ध रिजेन्सी प्रा.लि.ले पनि अहिलेसम्म नक्सा पास लिएकाे छैन। सिद्धार्थनगर नगरपालिकाको जनक पथ सडक ८२ फुटको छ। हालसालै बनेको गुलमोर रेष्टुरेन्ट सञ्चालन भएको भवन पनि नक्सा पास नगरी बनेको छ।

सर्वसाधारणलाई अनावश्क दवाव दिनसमेत पछि नपर्ने नगरपालिकाले पुँजीपतिका अवैध संरचना/भवनका विषयमा माैनता देखाएकाेमा स्थानीयबासीले असन्तुष्टि प्रकट गरेका छन्।

स्थानीय मोजिब अलीले चुनावको बेलामा नेतालाई खर्च पुँजी पतिले नै दिने भएकोले पुँजी पतिको विरुद्धमा जनप्रतिनिधिहरु जान नसकेको बताए। कानून नमान्नेलाई नगरपालिकाले कानुनको दायरामा ल्याउनु पर्ने उनले बताए।

आर्थिक रुपले कमजोर व्यक्तिलाई नगरपालिकाले दवाव दिने र सम्पन्न व्यक्तिलाई केहि गर्न नसकेको सामाजिक अभियान्ता प्रख्यात बन्जाडेले बताए। स्थानीय स्वायत्त शासनको कानुन सबैलाई बराबर भएकोले नगरपालिकाले कानुनमा भएको कुरा कार्यान्वयन गराउनु पर्ने बन्जाडेले बताए।

सहरी विकासले तोकेको मापदण्ड अनुसार भवन बनाउँदा व्यवसाय गर्नपनि सहज हुने र नगरको साैन्दर्यकरणमा पनि सहयाेग पुग्ने भवन तथा संरचनाविद् वरिष्ठ इन्जिनियर शैलेन्द्र कुमार श्रेष्ठ बताउँछन्। मापदण्ड अनुसार नहुँदा कमसल हुने र भूकम्प जस्तो प्राकृतिक प्रकोप आउँदा जनधनको क्षेत्री हुने उनले बताए।

भैरहवाको देवकोटा चोकमा रहेको सिताराम उप्रेतिको एस.आर कमप्लेक्स र ८२ फुटको सडक भएको जनक पथ स्थित गुल्मोहर रेष्टुरेण्ट सञ्चालन भएको भवन नगरपालिकामा दर्ता भए पनि नेपाल सरकारको मापदण्ड अनुसार छोड्नु पर्ने बाटो नछोडी भवन निमार्ण गरेको नक्सा शाखा प्रमुख मान बहादुर श्रेष्ठले बताए।

लुम्बिनी गेट अगाडी निमार्णाधीन अवस्थामा रहेको अग्नी सिमेन्टका सञ्चालक राजकुमार पोखरेलको बुद्ध स्टार पाँच तारे होटेलले नगरपालिकाबाट स्थाइ अनुमती नलिएको र पछाडी थप संरचनाको नक्सा नै नबनाइ निर्माण गरेको नगरपालिकाका नक्सा शाखा प्रमुख श्रेष्ठले बताए।

गौतबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल नजिकको नरेन्द्र गुप्ता, सुनिल अग्रवाल र पवन सरावली लगायतको संयुक्त लगानीमा होटल बुद्ध रिजनल होटलले पनि निर्माण सम्पन्न गरेपनि नक्सा पास नभएको र देवकोटा चोकमा रहेको भोज बहादुर खत्रीको होटल सिटि सेन्टरले चार तलाको नक्सा बनाएर ६ तला बनाएको श्रेष्ठले बताए।

नगरभित्र दैनिक ठुला-ठुला भवन मापदण्ड विपरित बनिरहदा पनि आफुलाई केहि थाहा नभएको सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँन बताउँछन्।

यती ठुलो कुरा नगरप्रमुखलाई थाहा नहुनु भनेको नगरप्रमुखले नै मापदण्ड विपरित बनिरहेका भवनको संरक्षण गर्न खोज्नु हो । नक्सा शाखाले सबै विवरण पेश गरेको बताएकाे छ तर नगरप्रमुख खाँन भने आफुले कुनै विवरण नपाएको दाबी गर्छन। जसले गर्दा मापदण्ड विपरित बनिरहेका भवनको नगरप्रमुखले नै संरक्षण गरिरहेकाे हाेकी भन्ने आशंका उब्जिएकाे स्थानीयबासी बताउँछन्।

नगर प्रमुख खाँन भने आफुसँग सबै विवरण आउँने वित्तिकै बोर्ड बैठक बसेर मापदण्ड विपरितका भवनमाथी कारवाही अगाडि बढाउने बताउँछन्।

मापदण्ड विपरित बनेका भवन माथि काम कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई रहेको र अटेरी गर्ने भवनहरुमाथि डोजर चलाउने र क्षतिपुर्ति तिराउन मिल्ने कानून रहेको वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल बताउँछन्।

सिद्धार्थनगर नगरपालिकाले कानूनको पालना गराउन नसेको र अनुगमन नगरेको बताउँदै भवन बनेपछि मात्रै मापदण्ड अनुसार भएन भन्ने गरेको अधिवक्ता गौडेलले बताए।

नगरपालिकाले हालै गरेकाे एक अध्ययनमा प्रतिवेदनमा १४ ठुला भवन मापदण्ड विपरित रहेको नगरपालिका प्रशासनले बताएकाे छ। आर्थिक वर्ष २०८०/०८१ मा नगर सभाको बैठक बस्ने र नगर सभामा मापदण्ड विपरितका भवन भत्काउने निर्णय गरेर काम कारवाही अगाडि बढाउने नगरपालिका प्रशासनले बताएकाे छ।

मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.