काठमाडौं- काठमाडौं महानगरपालिका-२४ वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-३ मायादेवीस्थित झाँडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
कास्की पोखरा महानगरालिका-९ पृथ्वीचोकस्थित लमजुङ होटलको कोठा नम्बर १०५ मा ना.६ ख ४९७६ नम्बरको बसको सह-चालक ईलाम सूर्योदय नगरपालिका-१३ घर भई हाल झापा धुलाबारी बस्ने ३५ वर्षीय पारस बान्तावा राई बुधबार मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा राई मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बस चालक समेत २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
काभ्रे पनौति नगरपालिका-१२ कलाति भूमिडाँडा बस्ने ६२ वर्षीय अम्बर बहादुर तामाङ घर नजिक रहेको कलाती खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।