काठमाडौं- उदयपुर ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Advertisement
सप्तरी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका-५ बुदेवा टोल बस्ने २० वर्षीय मो.अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।