काठमाडौं- काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित गेष्ट हाउसको खाली सटरभित्र पाँचथर घर बताउने ज्यालादारी काम गर्ने २७ वर्षीय सन्देश राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
नुवाकोट लिखु गाउँपालिका-३ पट्टाबारी बस्ने ५५ वर्षीय ऋषि कुँवर सोही ठाउँस्थित हनुमानथान जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत मंसिर २५ गते बिहान घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।