• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न शनिबारे मेला

शुक्रबार, असार २९, २०८० मा प्रकाशित

काठमाडौं-  उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी शनिबारे मेला सञ्चालनको तयारी गरेको छ । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गर्न लागिएको हो ।

Advertisement

चितवन प्रदर्शनी केन्द्र परिसरमा मेला गर्न लागिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । आगामी साउन ६ गतेदेखि प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म प्रदर्शनी केन्द्र भरतपुरमा शनिबारे मेला आयोजना गर्ने गरी तयारी थालिएको उहाँले बताए । उनले भने, ‘मेलाको तयारीस्वरुप टोल सुधार संस्थाहरु, उत्पादनसँग जोडिएका सहकारीहरु, स्थानीय पालिकाहरु, कृषि ज्ञानकेन्द्र र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ ।’

मेलामा स्थानीय तहहरुको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका कक्ष रहने उनले बताए । पहिलो दिन ५० सम्म कक्ष रहने छन् । प्रदर्शनीमा ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकार, हस्तकलाका सामग्री, अण्डा, माछा तथा गेडागुडी, चिया, कफी, जुस, दुना टपरी जस्ता सामग्री र विभिन्न स्वदेशी परिकारका खानाका कक्ष रहनेछन् ।

व्यापारीक कक्षबापत एक दिनको रु एक हजार लाग्ने उनले बताए । मेला स्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाका लक्षित समुदाय रहेको उनको भनाइ छ । मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको छ ।

उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले खरिद गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ । मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताए ।

शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.