काठमाडौं- कास्की पोखरा महानगरपालिका-२१ कृष्तीस्थित प्रतिक्षालयमा सोही महानगरपालिका फुस्रेखोला बस्ने २८ वर्षीय संजय रानामगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
यसैगरी कास्की अन्नपूर्ण गाउँपालिका-१० चिहानघाटस्थित बाटोको छेउमा बाग्लुङ, बाग्लुङ नगरपालिका-१ लहरेपिपल बस्ने ५७ वर्षीय शिव परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत फलेबास नगरपालिका-२ गैराथोकस्थित गोरेटो बाटोमा स्याङ्जा आँधीखोला गाउँपालिका-२ झारगैरा बस्ने २७ वर्षीय शान्ती बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।