• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

आखिर साबित भए आइन्स्टाइन


    Avatar photo
बुधबार, असार २७, २०८० मा प्रकाशित

वासिङ्टन (बीबीसी)- अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षणको तरंगहरूको पत्ता लगाएका छन्। यसबाट ब्रह्माण्डको बारेमा जानकारी हासिल गर्ने नयाँ युग प्रारम्भ भएको उनीहरूको भनाइ छ।

Advertisement

प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्तअनुसार गुरुत्वाकर्षणका तरंग प्रकासको गतिमा यात्रा गर्छन्। लेजर इन्टरफेरोमिटर ग्र्याभिटेसनल वेभ अब्जरभेटरी (लिगो) का शोधकर्ताहरूले दुई ‘ब्ल्याक होल’ को ठक्करबाट पैदा हुने तरंग पत्ता लगाएका हुन्। लिगो परियोजनाका कार्यकारी निर्देशक डेभिड रेइजले अमेरिकाको राजधानी वासिङ्टनमा भने, ‘गुरुत्वाकर्षणका तरंग पत्ता लगाउने लामो प्रयासमा हामीले सफलता पाएका छौं।’

बीबीसीसँगको कुराकानीमा म्याक्स प्ल्यांक इन्स्टिच्युट फर ग्र्याभिटेसनल फिजिक्स एन्ड लेबनिज युनिभर्सिटीका प्राध्यापक कार्सटन डान्जम्यानले उक्त शोधलाई डीएनएको बनावटबारे जानकारी हासिल गर्ने र हिग्स पार्टिकलको खोजीजत्तिकै महत्त्वपूर्ण उपलब्धी भएको बताए। ‘यसमा नोबेल पुरस्कार लुकेको छ,’ उनले भने।

उनका अनुसार पहिलो पटक गुरुत्वाकर्षणको तरंगहरू तथा ब्ल्याक होलबीचको सम्बन्ध प्रत्यक्ष रूपमा पत्ता लागेको छ, जसबाट आइन्स्टाइनको सय वर्ष पुरानो भविष्‍यवाणी सिद्ध हुन्छ। अमेरिकी वैज्ञानिकहरूको भनाइमा पृथ्वीबाट अर्बौं प्रकास वर्ष टाढा दुई ब्ल्याक होल ठक्कर खाएपछि ब्रह्माण्ड र समयको सम्बन्ध पत्ता लागेको हो।

अपेक्षित संकेत धेरै सुक्ष्‍म छन्। र, इन्टरफेरोमिटर्स नामक मेसिनमा एक अणुको चौडाइको एक हिस्सा बराबर हर्कत गर्छन्। यसबाट वर्षौंदेखि चलिरहेको गुरुत्वाकर्षणका तरंगहरूको खोजी अन्त्य हुने अपेक्षा छ। र, ब्रह्माण्डसँग जोडिएको महाविष्‍फोट (बिग ब्याङ) को सिद्धान्त बुझ्‍नका लागि नयाँ पहलु खुल्ने छ।

उक्त खोजीमा करिब एक हजार वैज्ञानिक संलग्‍न थिए। १४ सेप्टेम्बर २०१४ मा वैज्ञानिकहरूले पहिलोपटक सुदूर ब्रह्माण्डमा भयंकर प्रलयजस्तै दुई ब्ल्याक होल ठोक्किएर उत्पन्‍न भएका गुरुत्वाकर्षणका तरंग पृथ्वीसम्म रेकर्ड गरेका थिए। अमेरिकाको नेसनल साइन्स फाउन्डेसन (एनएसएफ)का अनुसार ती तरंग ठम्याउन १४ वटा मुलुकका वैज्ञानिक जुटेका थिए। शुरुमा ती तरंगलाई ब्ल्याक होलको ठक्करबाटै उत्पन्‍न भएको यकिन गर्न वैज्ञानिकहरूले सकेका थिएनन्। खोजीको दायरा विस्तार गर्दै जाँदा वैज्ञानिकहरू आइन्स्टाइनको सिद्धान्त पुष्‍टी गर्न सफल भएका हुन्।

बीबीसी विज्ञान संवाददाता जोनाथन एमोस लेख्छन्, ‘यो हाम्रो युगको सबैभन्दा ठूलो भेदन (उपलब्धी) हो। दुई ब्ल्याक होल ठोक्किएर अर्को एक ब्ल्याक होल निर्माण भएको घटना १.३ अर्ब प्रकास वर्ष टाढाको हो। त्यस क्रममा उत्पन्‍न गुरुत्वाकर्षणका भयंकर तरंग पृथ्वीमा रेकर्ड भएको हो। एउटा विशाल तारा विष्‍फोट भएर ब्ल्याक होल उत्पन्‍न भएको घटना हो यो।’

बुधबार, असार २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.