• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु


बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित

काठमाडौं- ईलाम, सिम्धुली, ललितपुर र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

Advertisement

ईलाम सूर्योदय नगरपालिका-७ सुखेपोखरीस्थित सडकमा मे.१ ज ३३०७ नम्बरको मारुती भेन मंगलबार दिउँसो दुर्घटना हुँदा भ्यानमा सवार माईजोमाई गाउँपालिका बस्ने ७६ वर्षीय राम प्रसाद तिमल्सिना समेत २ जनाको मृत्यु भएको छ । कुटीडाँडाबाट ईलामतर्फ जाँदै गरेको उक्त भेन अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै अन्य ७ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । भेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली सुनकोशी गाउँपालिका-१ बलुवास्थित सडकमा बा.प्र.०२-०३० प ८६५६  नम्बरको मोटरसाइकल र ना.१ ज ६२६४ नम्बरको सुमो मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-१३ फुलासी बस्ने ३५ वर्षीय रोशन बर्देवाको मृत्यु भएको छ । दुवै सवारी साधन एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको घुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार रामेछाप मन्थली नगरपालिका-१३ फुलासी बस्ने २० वर्षीया मन्जु मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।       

यसैगरी सिन्धुली तिनपाटन गाउँपालिका-५ तल्लो पचरङगमा लु.अ.अ.भ.१७४८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-११ परासे बस्ने ३३ वर्षीया सरिता मगरातीको मंगलबार दिउँसो मृत्यु भएको छ । चकमकेबाट शाखामाडीतर्फ जाँदै गरेको उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लाङपाङटार हुँदै थप उपचारको लागि सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर ललितपुर महानगरपालिका-२६ सुनाकोठी चिवहालमा ना.७ त ५०२ नम्बरको ट्याक्टर र प्रदेश नम्बर ३-०२-००७ प ४३९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने १७ वर्षीय रोहन पुजारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-१२ बस्ने १८ वर्षीय अनिल दर्जीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा बागमती प्रदेश ०३-००१ ख १८४९ नम्बरको टिपरले ना.४९ प ८२५२ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगर बस्ने ४० वर्षीय युवराज आचार्यको घाटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बागलुङ जैवनी बस्ने ३३ वर्षीय नुर बहादुर थापालाई उपचारको लागि चहुरेहिल अस्पताल हेटौंडातर्फ पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।          

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.