• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भारतीय जनरल रावत चढेको हेलिकप्टरको भिडियो भन्दै भ्रामक दाबी


आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित

Advertisement

दीपक अधिकारी/साउथ एसिया चेक

काठमाडौं- गत मंसिर २२ गते भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत चढेको हेलिकप्टर तमिलनाडुमा दुर्घटनाग्रस्त हुँदा उनीसहित उनकी श्रीमती मधुलिका र अन्य ११ जनाको निधन भएको थियो। उनको निधनपछि भारतमा र नेपालमा पनि त्यस दुर्घटनाबारे समाचार प्रकाशित भएका थिए। साथै सामाजिक सञ्जालमा पनि उक्त दुर्घटनाको भिडियो र फोटो सेयर गरिएको थियो।

नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले गत मंसिर २१ गते आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो सेयर गरेका थिए। उक्त भिडियोमा भारतीय सेनाको हेलिकप्टर पहाड र जंगलको बीचबाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको देखिन्छ। फेसबुकमा १ लाख १४ हजार फलोअर्स भएका उपाध्यायले उक्त भिडियोसँगै ‘अलिकतिले सेनाध्यक्ष विपिन रावत दुर्घटना भएको रहेछ’ लेखेका छन्। उनले उक्त पोस्ट अहिले हटाएका छन्। तर, त्यसअघि नै त्यसलाई ५०० भन्दा बढीले फेसबुकमा सेयर गरेका थिए भने २५५ वटा प्रतिक्रिया थिए। त्यस्तै १८०० भन्दा बढी लाइकसहितका प्रतिक्रिया जनाइएको थियो।

उक्त भिडियो अर्को सामाजिक सञ्जाल टिकटकमा पनि फैलिएको छ। टिकटक प्रयोगकर्ता @anujyadav6660 ले गत मंसिर २१ गते सोही भिडियोमा यस्तो क्याप्सन लेखेका छन्, ‘रियल भिडियो हो। हेलिकप्टर क्र्यासबाट इण्डियन आर्मी सिडिएस (चिफ अफ आर्मी स्टाफ) विपिन रावतको आरआईपी (रेस्ट इन पिस )’। उक्त भिडियो ४५२ पटक सेयर भएको छ भने ६ लाखभन्दा बढी पटक हेरिएको छ। त्यसमा ३१ हजार ६ सयभन्दा बढी प्रतिक्रिया आएका छन्। त्यस्तै सोही भिडियो युट्युबमा हन्त काली नामक अकाउन्टबाट पनि भीम उपाध्यायको पोष्टमा रहेको क्याप्सनसहित सेयर गरिएको छ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त भिडियोको तथ्य जाँच गरेको छ। सबैभन्दा पहिले हामीले भिडियोलाई फेसबुकबाट डाउनलोड गरी इनभिड नामक इन्टरनेट सामग्रीमा अपलोड गर्‍यौँ। इनभिडले उक्त भिडियोलाई फोटोहरूमा परिणत गरिदियो। हामीले ती फोटोहरूलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा उक्त भिडियो गत मंसिर २ गते भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा भएको दुर्घटनाको रहेको फेला पार्‍यौँ।

भारतीय टेलिभिजन जी न्युजको वेबसाइटमा प्रकाशित समाचारअनुसार प्राविधिक गडबडीपछि भारतीय नौसेनाको उक्त हेलिकप्टरले आकस्मिक अवतरण गर्दा दुर्घटनामा परेको थियो। भारतीय समाचार संस्था एसियन न्युज इन्टरनेसनलका अनुसार त्यसमा दुई पाइलट र अन्य तीनजना सवार थिए। ती सामान्य घाइते भएको समाचारमा जनाइएको छ।

झण्डै तीन साताअघि भएको हेलिकप्टर दुर्घटनाको भिडियोलाई भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकप्टरको भिडियो भन्दै टिकटक र फेसबुकमा भ्रामक दाबी गरिएको छ।

(यो सामग्री साउथ एसिया चेक डट ‌ओआरजीले तयार पारेको हो)

आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.