काठमाडौं- काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित कलंकी पुल नजिक हाल वतन नखुलेका ६२ वर्षीय जित बहादुर घताने बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
सिन्धुली गोलन्जोर गाउँपालिका-३ सुलीभन्ज्याङस्थित सुनकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेको करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बाग्लुङ जैमिनी नगरपालिका-७ सोती ढुङ्गा बस्ने ७७ वर्षीया तिलमाया थापा सोही नगरपालिका-६ चोखेत दुन्डुरे सल्लेरी जङगको बाटोबाट करिब १ सय मिटर तल बुधबार मृत अवस्थामा फेला परेकी छन् । सोमबारदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
काठमाडौं काठमाडौं महागरपालिका-८ पशुपति आर्यघाट नजिक सतल पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।