रुपन्देही- वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।
उक्त होटलको कोठामा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।