Advertisement
नयाँदिल्ली- भारतीय सेनाका पूर्वसेनापति विपिन रावत सवार हेलिकोप्टर दुर्घटनामा परेको छ ।
तमिलनाडुको कुन्नुर क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो । उक्त हेलिकोप्टरमा हाल भारत सरकारका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) समेत रहेका रावतसहित सेनाका केही उच्च अधिकारी पनि सवार थिए ।
भारतीय वायु सेनाका अनुसार दुर्घटनामा परेको हेलिकोप्टर एमआई-१७ बी ५ मोडेलको हो । घटनाको थप विवरण आउन बाँकी छ ।