काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।
Advertisement
ढकालले गैरकानूनी रूपमा एक करोड ४४ लाख ११ हजार ७८१ आर्जन गरेकाे देखिएकोले सोही बमोजिमको बिगो कायम गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले साे स्रोत नखुलेको बिगो ढकालको नाममा रहेको घर/जग्गाबाट असुलउपर गर्नुपर्ने मागसहित मुद्दा दायर गरेकाे छ।
उनी कोषमा ३२ साउन ०७४ देखि ३० जेठ ०७९ सम्म सदस्यसचिव थिए। साे अवधिमा उनले पेश गरेको सम्पत्ति विवरण जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ।
