• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु


मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित

काठमाडौं- बैतडी, रुकुम पश्चिम, सर्लाही, कैलाली र झापाका छुट्टछुट्टै स्थानामा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

Advertisement

बैतडी पाटन नगरपालिका-१ सकारस्थित सडकमा पाटनबाट सकारतर्फ जाँदै गरेको से.१ ज ८८८ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार सुरनया गाउँपालिका-४ बस्ने २४ वर्षीय प्रेम सुनारा सहित ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये १ जनालाई डडेल्धुरा अस्पताल डडेल्धुरा र ४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएकोमा ३ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । सामान्य घाइते भएका जिप चालकको प्रहरीको निग्रानीमा उपचार भइरहेको छ ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ स्थित रातामाटा भन्ने स्थानमा रा.१ ख २१०९ नम्बरको बस सोमबार साँझ दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार ३८ जनालाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा ५ जनालाई नेपालगञ्जतर्फ रिफर गरिएको छ भने १३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सर्लाही हरिवन नगरपालिका-९ सुखेपोखरीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली जानकी गाउँपालिका-४ डाँडा कञ्चनपुरस्थित सडकमा पहलवालपुर कन्द्रा नदीबाट बालुवा लिएर टिकापुरतर्फ जाँदै गरेको से.१ त ५९४४ नम्बरको ट्याक्टरबाट खसेर टिकापुर नगरपालिका-२ विजयनगर शिविर बस्ने २३ वर्षीय अरुण चौधरीको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा मेचीनगर नगरपालिका-१२ पानी टंकी छेउस्थित सडकमा रोकेर राखेको को.१ त ४०१६ नम्बरको ट्याक्टरमा मे.९ प ६००३ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बुद्दशान्ति गाउँपालिका-२ बस्ने ३५ वर्षीय भिम प्रसाद पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल चारआली हुँदै बिर्तासिटी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा
गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

भर्खरै

  • १.
    मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

  • ४.
    राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • ६.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ७.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ८.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.