प्युठान- माण्डवी गाउँपालिका-५ ठुलोखोलास्थित सडकमा रा.१ ह ५७०७ नम्बरको अटोलाई ना.८ ख ३९०३ नम्बरको टिपरले सोमबार दिउँसो ठक्कर दिँदा अटोमा सवार प्युठान नगरपालिका-३ घुरचुने बस्ने ३५ वर्षीय अमृत थापा र उनको छोरा ४ वर्षीय सुशान थापाको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
साथै दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीया पुनम थापा समेत ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।