काठमाडौं- काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।