काठमाडौं- मोरङ बेलबारी नगरपालिका-८ बरैजिझार बस्ने राजेन्द्र घिमिरेको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित दुर्गा टोल भेनियर प्लाईउड उद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।