काठमाडौं- बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ बस्ने सुनिता पौडेलको घरबाट ५ तोला सुन र ५५ तोला चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
Advertisement
उनको घरमा कोही नभएको अवस्थामा झ्यालको ग्रिल फोडेर प्रवेश गरी उक्त मूल्य बराबरको धनमाल चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।