Advertisement
काठमाडौं- कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
भवानीदल गण (शान्ति सेना) २७ औं डफ्फालाई बदली गर्न फस्ट राइफल गण (शान्ति सेना) २८ औं डफ्फा कंगो प्रस्थान गरेको छ ।
पहिलो उडानमा प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ जना नेपाली शान्ति सैनिक इथियोपियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत कंगो गएका हुन् ।
सैनिक टोलीको अदलीबदलीको दौरान कोभिड–१९ को स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरिएको नेपाली सेनाले जनाएको छ ।