काठमाडौं- भारतबाट भित्रिने यात्रुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ । सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शङ्कास्पद यात्रुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गरिँदै आएको छ । “मलेरिया र कोरोना सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा परीक्षण गरी यकिन गरिन्छ”, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भन्नुभयो, “क्षयरोग (टिवी)को परीक्षणका लागि खकार सङ्कलन गरी जिल्लामै रहेको जिन ल्याबमा लगेर परीक्षण गर्छौं ।” क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत जानकारीसमेत दिइने गरिएको छ ।
Advertisement